बैतडीमा पहिरोको उच्च जोखिम, सतर्क रहन आह्वान

FILE PHOTO

नरेश जोशी, बैतडी

बैतडीका बिभिन्न ठाउहरु बाढि पहिरोे को उच्च जोखिममा रहेका छन । जिल्लाका सुर्नया गाउपालिका, पञ्चेश्वर गाउपालिका , दशरथचन्द नगरपालिका का वडा न। ६ र ८ त्यस्तै डिलाशैनि गाउपालिका को वडा न.१, ३, ४, ५ बाढि पहिरो र डुवानको उच्च जाखिम मा रहेको प्रहरि प्रवक्ता प्रहरि नायव निरिक्षक किशन चन्द ले जानकारि दिनुभयो । बर्षाद सुरु भएसंगैको लगातारको बर्षा ले यि ठाउहरु मा बाढि र पहिरो का घट्ना बड्दै गएका छन । लगातारको बर्षाका कारण बैतडीको सिगासमा पहिरो जाँदा २ घरपरिवार विस्थापित भएका छन।

सिगास गाउँपालिका ७ न्यौलालीका हरिसचन्द्र अवस्थी र राम बहादुर ऐरको घरपरिवार बिस्थापित भएको हो । त्यस्तै यो साउन यता बैतडी मा डुवानमा परि २ जना, बाढि पहिरो मा परि २ जना तथा करेन्ट लागेर १ जना को मृत्यु भउको जिल्ला प्रहरि कार्यलयका प्रहरि प्रवक्ता प्रहरि नायव निरिक्षक चन्द ले जानकारि दिनुभयो । यस्तै बाढि र पहिरो बाट बिभिन्न बाटा घाटा भत्किएको र पशुचौपाया समेत मर्ने गरेको तर यकिन डाटा संकलन गर्न नसकिएको प्रह्र प्रवक्ता प्रहरि नावब निरिक्षक चन्द ले जानकारि दिनुभयो । भिरालो जमिन, बनजङगल फडानि, अब्यवस्थित सहीकरण का कारण बाढि पहिरो का घट्नाहरु बढ्दै गइरहेका छन तर स्थानिय सरकारले भने यो बारे चासो नदेखाएको स्थानिय को गुनासो छ ।

३/४ बर्ष पहिले निमाण गरिएका सडकहरु अझै सन्चालन मा आएका देखिदैन्न । यि सडकहरुको स्तरोन्नति नहुदा स्थानियलाई ओहोर दोहोर गर्न समेत समस्या हुने गरेको छ । यस्ता पाकृतिक बिपदबाट जोगिन र साबधान रहन सबैलाई जिल्ला प्रशासन कार्यलयले आग्रह समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्