बैतडी दशरथचन्दका कृषकहरु फलफुल खेतीतर्फ आकर्षित

नरेश जोशी, बैतडी

अन्न वाली निर्वाहमुखीमात्र भएपछि बैतडीको दशरथचन्द का कृषक फलफुल खेतीतर्फ आकर्षित भएका छन । धान, मकै, गहुँ लगायतका अन्नबाली उत्पादन हुने जग्गामा तथा बाझंो जमिनमा दशरथचन्द नगरपालिकाका दर्जन भन्दा बढी कृषकहरु सुन्तला , खुपार्नी, कागति लगायतका फलफुल उत्पादनमा उपयोग गर्न थालेका हुन ।

दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक का किृषानको आह्वानमा डि. एम. तरकारि तथा बिउबेर्ना उत्पादन ले २१ जना किसानलाइ २५ का दरले बोटबिरुवा बितरण गरेको एकजना बितरक दिनेश प्रशाद जोशी ले जानकारि दिएका छन । अन्नबालीको तुलनामा फलफुल खेति गरेरे राम्रो आम्दानि हुने ठानेर अन्नबालि छोडेर यो खेति तर्फ आर्कषित भएको स्थानिय बिषन दत्त जोशी बताउनुयो । ूकरिब तिन रोपनी क्षेत्रफलमा १ सय बोट लगाएको छुूजोशीले भने । बजारमा फलफुलकोे माग बढ्दो छ तर माग धान्न मुस्किल भइरहेको जोशी ले बताउनुयो ।

राम्रो स्याहार संरक्षण गरेपछि एक वटा बोटमा दुई हजार सम्म फलफुल उत्पादन गर्न सकिने अनुमान गरिएको छ । स्थानियहरुले खेतभरि अहिले फलफुल लगाएरे हरियाली बनाएका छन । कृषि ज्ञान केन्द्र बैतडी बाट अनुदानमा बोटबिरुवा उपलब्ध गराउन थालेपछि फलफुलतर्फ कृषकको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र बैतडी का निमित्त प्रमुख कर्ण बहादुर चन्द ले जानकारि दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्