नरेश जोशी, बैतडी
बैतडीका विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको पाइएको छ । आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भएपनि बैतडीका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन । जिल्लाका सिगास गाउँपालिाका र पञ्चेश्वर गांउपालिका का अधिकांश गाउँमा ढिके नुन प्रयोग गर्नेको सङ्ख्या अझै नघटेको बताइएको छ ।
सस्तो र सजिलो भएकाले आफूहरुले ढिके नुन प्रयोग गर्दै आएको पञ्चेश्वर गाउपालिका वडा नं १ चन्द्र तिरुवा ले बताए । बजारमा आयोडिनयुक्त नुन पाइने गर्दछ । ढिके नुनभन्दा महङ्गो पर्ने र स्वादमा पनि फरक हुने भएकाले आयोडिनयुक्त नुनको प्रयोग नगरेका तिरुवा को भनाई छ । ढिके नुनको प्रतिकिलो २५ रुपैँया र आयोडिनयुक्त नुन ३० पर्ने बताइएको छ । ‘आयोडिनयुक्त नुनको प्रयोग गर्नुपर्छ’ भन्ने चेतनाको अभावले ढिके नुनको प्रयोग गर्न नछाडेको सिगास गांउपालिका वडा नं ७ का बिनोद चन्द ले बताए ।
सरकारले ‘दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनेपनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ ।