काठमाडौँ – नेपालमा शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ३७८ जनामा कोरोना पुष्टि भएको बताए । अझै ६ हजार २ सय ६ जनामा कोरोना सक्रिय रहेको छ । शुक्रबार ७ हजार ७ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म १६ हजार ३ सय १३ जना डिस्चार्ज भइसकेका छन् ।