कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने

FILE PHOTO

सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएको छ । बिहीबार मन्त्रिपरिषिद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले गत चैत ११ देखिको जस्तो लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । उनले कोरोना संक्रमण बढेको क्षेत्रमा जिल्ला प्रशासन कार्यलयमार्फत लकडाउन जारी हुनसक्ने स्पष्ट पारेका छन् ।
जुन जिल्लामा बढेको छ त्यहाँ स्थानीय तहको रुपमा होस् वा जिल्लाको तहमा होस् कडाइका साथ जाने बताएका छन् ।
मन्त्री खतिवडाले जिल्ला प्रशासन कार्यालयले आवश्यकता हेरेर लकडाउन गर्न सक्ने बताउँदै अहिले पनि संक्रमित भएको स्थलमा सातदेखि दश दिनसम्म स्थानीय रुपमा बन्दाबन्दीको अवस्था रहेको बताए । उनले पहिलेजस्तो लकडाउन गर्ने सोचाईमा सरकार नरहेको प्रष्ट पारे ।
उनले अहिले बढेको संक्रमणको जोखिमले अति उद्दार भएर सार्वजनिक बस खोल्ने, विद्यालय खोल्ने, विमानस्थल खोल्ने अवस्था नरहेको बताए । त्यस्तै विदेशमा अलपत्र रहेका जो ल्याउनैपर्ने अवस्था भएकोलाई ल्याउने र केही बस्न सक्नेलाई सहज भएपछि नेपाल फर्काउने तयारी रहेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्