काठमाडौं – काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको छ ।
धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलालाई स्वासप्रश्वासमा समस्या भएपछि ओम अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछि उनमा कोरोना पुष्टि भएको हो । दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी भएकी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो ।
आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।