अख्तियारका २० जना कर्मचारी र प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना पुष्टि

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म आयोगमा कोरोना संक्रमित हुनेको संख्या ३५ पुगेको छ । आइतबार एक सय ८५ जनाको स्वाब संकलन गरेर पीसीआर जाँच गरिएको थियो ।

यसैगरी प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी हेक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्