म भन्दा तं सानो कसैले कसैलाई नभनुन्
म भन्दा हजुर महाराजधीराज कसैले कसैलाई नभनुन् ।।
हामी सबै एक।
एउटै छ हावा,एउटै छ पानी,एउटै छ अर्ती
एउटै छ ,सूर्य,एउटै छ आकाश,एउटै छ धर्ती ।।
मिल र मिलाऊ
बढ र बढाऊ ।
कोही भन्दा गरिब कोही नहोऊन्
कोही भन्दा धनी कोही नहोऊन्।।
हामी सबै एक।
एउटै छ बाटो ,एउटै छ माटो ,एउटै छ लक्ष्य
एउटै छ कर्म,एउटै छ,एउटै छ सत्य ।।
हांस र हंसाऊ
बांच र बचाऊ ।
वर्तमान परिप्रेक्ष्यमा मानवले मानवलाई हेर्ने दृष्टिकोणमा भिन्नता आउन थालेको छ। धनीले गरीबलाई हेर्ने नजरनै फरक छ। ठूलो जात भनाउदाहरूले सानो जात भनी तोकिएकालाई हेर्ने दृष्टिकोणमा पनि बहुतै भिन्नता छ । ठूलो जातका केटाले सानो जातकी केटी मनपराएकै कारण जीवनलाई मृत्युमा रूपान्तरण गर्नुपरेको सन्दर्भ नेपाली समाजमा नगन्य मात्रामा छ।
पढेलेखेका शिक्षित व्यक्तिहरू बाटै भेदभाव र छुवाछुतको अन्त भएको छैन। दिनानुदिन छुवाछुत र भेदभावका घटनाहरूले जटिल मोड लिन थालेको छ।सरकारी क्षेत्रबाट नै भेदभाव र छुवाछुतको अन्त्य हुन सकेको छैन। विभिन्न सरकारी कोटामा जातकै आधारमा कोटा छुट्टाइएको हुन्छ। अनि कहाँ बाट नेपाली समाजमा छुवाछुतको अन्त्य हुन सक्छ ? जबसम्म जातजातीको नाममा सरकारी कोटानै बन्द हुदैन तबसम्म नेपाली समाजमा भेदभाव र छुवाछुतको अन्त्य हुन सक्दैन।
बरू जातजातिको नाममा दिइने सरकारी कोटा गरीबका नाममा दिइयोस् ,अनी बल्ल नेपाली समाजमा छुवाछुत र भेदभावको अन्त्य हुन सक्छ।जस्तो सरकारी विद्यालयहरूमा नै दलितहरू लाई छात्रवृत्ति प्रदान गर्ने गरियो भने पुस्तौं पुस्ता सम्म भावि पिढी हरूले पनि भेदभाव र छुवाछुत बारे सिकिरहन्छन् ।तसर्थ यो दुई दिनको चोलामा जन्मिदा पनि नाङ्गै जन्मिएका थियौं र मर्दा पनि नाङ्गै मर्नुपर्छ अनि के को लागी हामि भेदभाव र छुवाछुत गर्दछौ?आफू संग भएको सबै सम्पत्ति छोडेर मर्नु छ अनि के को लागी यो दुनियामा घमंड ,ईर्ष्या र लोभ?
सके सबैको भलो चितांऊ नसके कसैको लागी पनि पाप नगरौं!
सबै मानवजातिको रगत काटे रातै आउंछ अनि किन मान्छेले मान्छेलाई चिन्न सक्दैन?
व्यर्थैको अमानवीय कर्मबाट टाढा रहेर सतकर्म तिर लागौं!!
लेखक तथा कविता रचनाकार : विष्णु सिंह बोहरा
ठेगाना : शैल्यशिखर नगरपालिका ४ रानीशिखर कांडापारी
हाल : किर्तिपुर नगरपालिका काठमाडौं नेपाल