मुकेश कुशवहा
समाजवादी होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघद्वारा होटल व्यवसायी संघ हानलाई ज्ञापनपत्र बुझाएको छन । ज्ञापनपत्रमा नोभल कोरोना भाईरसको महामारीको त्राससंगै जारी लकडाउनले नेपाली श्रमिक वर्गको जीवन अत्यन्तै संकटको स्थितिबाट गुज्रिरहेको छ । यही अवस्थामा पनि श्रमिकको पारिश्रमिक सुविधा कटौती गर्ने लाखौं श्रमिकहरुलाई रोजगारीबाट निस्कासन गर्ने श्रमिकहरु दैनिक जीवनयापनको समस्यबाट छट्पटीदै आत्मा हत्याको स्थिति सृजना हुदा समेत सरकार र व्यवसायी तथा सरोकारवाला निकायले श्रमिकको वास्तविक समस्याको पहिचान गरि वैज्ञानिक समाधान दिनुको सट्टा उल्टै श्रमिकलाई धम्की , दमन र कारबाही गरि निस्कासनको नीति लिएकोले त्यसको विरुद्ध निर्मम ढंगले संघर्षमा उत्रनको लागि तयारी रहन सम्पूर्ण श्रमिकहरुमा समाजवादी होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघले हार्दिक आव्हान गरेकाे छ ।
ज्ञापनपत्रमा उल्लेख गरिएको छ “गत असार २८ गते आफुलाई ठुलो भनिएका कथित ट्रेड युनियन संघ र होटल व्यवसायी संघका प्रतिनिधि मुलुक संघ हान र रेवन बिचमा भएको श्रमिक विरोधी सम्झौताको भण्डाफोर गर्दै उक्त सम्झौता अविलम्ब खारेज गरि मिति २०७७ श्रावण १३ गते संयुक्त ट्रेड युनियन समन्वय केन्द्र jtucc र व्यवसायीहरुको प्रतिनिधि मुलक संघहरु बिच गरिएको सम्झौतालाई तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँहरुको माग रहेको छ ।
ज्ञापनपत्र प्रस्तुत गर्दै समाजवादी होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघका अध्यक्ष केशवराज अधिकारीले आफ्नाे जायज मागहरू सम्बोधन नगरिए अबको मजदुर आन्दोलन हानको कार्यालयतिर केन्द्रित हुने जानकारी गराउनु भयाे । ज्ञापनपत्र बुझाउने क्रममा समाजवादी ट्रेड युनियन महासंघका वरिष्ठ उपाध्यक्ष मोलम लामा र प्रथम उपाध्यक्ष रमेश गोेलेको समेत उपस्थिति रहेको थियो ।