काठमाडौमा भुकम्पको धक्का महशुस

काठमाडौँ – बुधबार अपराह्न साढे चार बजे काठमाडौं उपत्यकामा भुँइचालोको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर भुइँचालो आएको हो ।

केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भुइँचालो आएको हो। मापन केन्द्रका अनुसार मंगलबार राती पनि २.७ म्याग्निच्युडको भुइँचालो आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्