कोरोना संक्रमितको संख्या बढेको भन्दै रामचन्द्र पौडेलले बन्द गरे भेटघाका कार्यक्रमहरु

काठमाडौँ – काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटघाटका कार्यक्रम रोकेका छन् ।

कोरोना महामारीमा सचेत र सजक रहन पौडेलको सचिवालयले विज्ञप्ति निकाल्दै तत्कालका लागि भेटघाटका कार्यक्रम बन्द गरिएको जानकारी दिएको छ ।

‘अत्यावश्यक बाहेकका भेटघाट कार्यक्रम केहि समयका लागि बन्द गरिएको छ,’ पौडेलको सचिवालयले भनेको छ । काम परेमा भर्चुअल बैठक र टेलिफोनबाट कुराकानी गर्न पौडेलको सचिवालयले आग्रह गरेको हो । यसअघि लकडाउनका बेला पनि पौडेलले भेटघाटलाई रोकेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्