अख्तियार दुरुपयोग अनुसनधान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको छ । आयोगले उनीहरुलाई सोमबार रुपन्देहीबाट नियन्त्रणमा लिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई श्रोत नखुलेको नगद रकम रु.३,४८,००० (तीन लाख ४८ हजार ) र विभिन्न मितिको बैंक भौचर रकम रु.५,५०,००० (पाँच लाख पचास हजार) सहित रुपन्देहीको सालझन्डीबाट आयोगको बुटवल कार्यालय टोलीले नियन्त्रमा लिएको हो ।
उनीहरु निकुञ्ज कार्यालयको बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसनधान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता सुरेश भुसालले रातोपाटीलाई जानकारी दिए ।
समाचार श्राेत : राताेपाटी