सोमबार प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २२ देखि ५२ वर्ष उमेर समूहका छन् । मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधामका दुई जना चिकित्सकसहित १६ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको हाे । संक्रमितमध्ये २ जना नर्स हुन् भने अन्य कर्मचारी छन् । उनीहरु २३ देखि ७२ वर्ष उमेर समूहका छन् ।
त्यस्तै, प्रादेशिक प्रयोगशालाका २ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
जनकपुरधामस्थित ग्लोबल आईएमई बैङ्कका तीन जना कर्मचारी पनि कोरोना संक्रमण देखिएको छ ।