शहरी विकास मन्त्रालयका सचिवलाई कोरोनाको आशंका, विकास समितिको बैठक नै स्थगित

काठमाडौं – शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई कोरोना संक्रमण भएको आशंका गरिएपछि संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । आइतबारको लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

‘आइतबार शहरी विकास मन्त्रालयलाई बोलाएर छलफल गर्ने कार्यक्रम तय भएको थियो, तर सचिवज्युलाई कोरोना संक्रमणको आशंका भएकोले बैठक स्थगित भएको छ ।’ सभापति खड्काले भनिन् । सचिव अधिकारी केही दिन आइसोलेसनमा बस्नुपर्ने हुनसक्ने भएकोले बैठक स्थगित भएको उनले बताइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्