कोरोना जोखिम नियन्त्रणमा नयाँ रणनीति बनाउँदै सरकार

FILE PHOTO

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) ले कोरोना संक्रमणको जोखिम बढेको अवस्थामा परीक्षणको दायरा बढाउने र नतिजाको आधारमा आवश्यकता अनुसार भावी रणनीति बनाउने निर्णय गरेको छ ।

जनजीवनलाई सहज बनाउनका लागि बन्दाबन्दी खोल्ने सरकारको निर्णयलाइ सर्वसाधारणले कोभिड १९ संक्रमणको जोखिम नै नभएको अर्थमा बुझेको, जनस्वास्थ्यका न्युनतम मापदण्ड पूरा नगरेकोले संक्रमणको जोखिम बढेको लगायतका विषयमा बैठकमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । लकडाउन खुलेसँगै सञ्चालनमा आएका र भदौ १ बाट सञ्चालनमा आउने सेवा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयले छुट्टै मापदण्ठ बनाउने निर्णय पनि बैठकले गरेको छ ।

संक्रमण नियन्त्रणका लागि प्रवेशविन्दुमै क्वारेन्टिन व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्