बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएकाहरु पक्राउ

काठमाडौं – बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका हरुलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले प्रधानमन्त्रीको सरकारी निवास अगाडी प्रदर्शन गर्नेहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासमेत छिन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेर अनशनमा बसेका ईः सहितका अभियन्ताको माग सुनुवाईको लागि दबाब दिन बिहीबार इनफ इनफ अभियानका अभियन्ताले प्रदर्शन गरेका थिए ।

पक्राउ परेकाहरुलाई प्रहरीले महाराजगञ्जमा राखेको छ । इनफ इज इनफ अभियानले आफ्ना अभियन्ताहरु सुदन गुरुङ, आलोक सुवेदी, सुदन मानन्धर, शशीबिक्रम कार्की, बिक्रान्त खनाल, रञ्जु दर्शना, सौरभ न्यौपाने, पवन थापा, नवराज उप्रेतीसहित २८ जना पक्राउ परेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्