सफाइ पाएका एसपी डिल्लीराज विष्ट भन्छन : “निर्मलाले न्याय पाउनुपर्छ”

कञ्चनपुरमा दुई वर्षअघि भीमदत्त नगरपालिका–२ उल्टाखामकी १४ बर्षिया बालिका निर्मला पन्त बलात्कारपछि हत्या भएको र त्यसको अनुसन्धानमा संलग्न भएर प्रमाण नष्ट गरेको तथा यातनाविरुद्धको मुद्दा खेपेका ८ प्रहरीले बिहीबार सफाइ पाएका छन् । जसमा कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी अंगुर जीसी समेत छन् ।
निर्मला हत्याकाण्डमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनासम्बन्धी कसुरमा एसपी विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो ।
जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बिहीवार दुवै मुद्दामा प्रहरी अधिकारीहरुलाई सफाइ दिएको हो ।
अदालतबाट सफाइ पाएपछि उपहार खबरले गरेको फोन सम्पर्कमा एसपी डिल्लीराज विष्टले ‘प्रमाण नष्ट ग¥यो, यातना दियो भन्नेबाट मुक्ति पाइयो । फैसला सकरात्मक छ बाँकी भनेको निर्मलाले न्याय पाउनुपर्ने बताए । उनलाई सरकारले बर्खास्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्