विष्णुसिँह बोहरा, काठमाडौँ
बालहेल्प लाइन काठमाण्डौंले गम्भीर घाइते शैल्यशिखर नगरपालिका वडा नं ४ की १४ वर्षिया बालिका जयन्ती ठगुन्नालाई विभिन्न माध्यमबाट सहयोग प्राप्त भइरहेको छ ।
बुधबार बालहेल्प लाइन काठमाण्डौंले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं मै पुगी रू ५ हजार नगद र दुई हजार बराबरको खानेकुरा वितरण गरेको हो । जयन्तीलाई भेट्न बाल हेल्प लाइन काठमाण्डौंका प्रतिनिधि हीरा खतिवडा राष्ट्रिय ट्रमा सेन्टर पुग्नु भएको थियो ।
सहयोग सहित खानेकुरा गम्भीर घाइते जयन्तीका दाई मोहन ठगुन्ना लाई हस्तान्तरण गरेको थियो । सहयोगको लागि गम्भीर घाइते जयन्तीका दाईले बाल हेल्प लाइन लाई आभार प्रकट गरे ।
बाख्रा चराउने क्रममा माथिबाट आएको ढुंगाले जयन्ती गम्भीर घाइते भएकी थिइन् । उनका दुइटै खुट्टा र एउटा हात भाँचिएको थियो । घाइते भएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचार नभएपछि उनलाई ट्रमा सेन्टर काठमाडौँ रिफर गरिएको थियो । जयन्तीको उपचारको लागि आर्थिक सहयात संकलन अभियान समेत चलाइएको थियो ।