दाङ – दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बुधबार बिहानपख तीन बजेतिर आएको पहिरोमा उनीहरु पुरिएका थिए ।