वडाध्यक्ष कुटपिट घटनाबारे छानवीन गर्न छानवीन समिति गठन

मुकेशप्रसाद जाेशी, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि भएको सांघातीक आक्रमणको विषयमा छानवीन गर्न नेकपाले तीन सदस्यीय छानवीन समिति गठन गरेको छ । घटनाबारे सत्यतथ्य छानवीन गर्न बनेको समितिमा नेकपाका नगर ईन्चार्ज रनसिंह सुनारको संयोजकत्वमा नगर अध्यक्ष भक्तराज जोशी र वडा नं. ८ का वडा कमिटी अध्यक्ष कृष्ण सिंह ठगुन्ना रहेको संयोजक सुनारले बताए ।
समितिले सोमबार साँझ नै नेपाली काँग्रेससंग वार्ता गरेतापनि विना निष्कर्ष वार्ता टुङ्गिएको ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

काँग्रेसका तर्फबाट नगर सभापति जय बहादुर विष्ट, सचिव देवराज जोशी र नेपाल तरुण दलका नगर सभापति ज्ञानेन्द्र बहादुर सिंह रहेका थिए । छानवीन समितले तीन दिनभित्र घटनावारे प्रतिवेदन पेश गर्नेछ ।
तरुण दल शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का सभापति नारद ठगुन्ना सहित करिब २० जनाको समुहले अध्यक्ष महरामाथि आइतबार कार्यकक्षमा गएर आक्रमण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्