आइतबार थप १ सय ३० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ५ हजार ४४०

काठमाडौँ – नेपालमा आइतबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा १ सय ३० जनामा कोरोना पुष्टि भएको बताए । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । भने ७० दशमलव ५ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन् ।

कोरोना सक्रिय हुनेको संख्या प्रदेश नं. १ मा १ सय ८६ जना, प्रदेश नं. २ मा १ हजार ८ सय ७३, बागमती प्रदेशमा ४ सय ४४ जना, गण्डकी प्रदेशमा २ सय ९४ जना, प्रदेश नं. ५ मा ३ सय ५८ जना, कर्णाली प्रदेशमा ३ सय ६७ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८ जना रहेका छन । सबै गरी सक्रिय संक्रमितको संख्या ५ हजार ४४० जना रहेको छ ।
यस्तै बिहिबार ७५ जनाले कोरोना जितेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्