रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनको अनुमति

काठमाडौँ – पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन निवेदनको सुनुवाईमा सो मुद्दा अगाडि बढाउन निस्सा प्रदान गरिएको छ ।
सर्वोच्चका न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको बेन्चले सो निर्णय गरेको हो । योसँगै सो मुद्दा अब अदालतमा पुनः विचाराधीन हुन पुगेको छ ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालाको मुद्दाको पुनरावेदन अदालतले गरेको सर्वस्वसहित जन्मकैदको सजाय कटौती गर्ने फैसला गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्