हान र तीनवटा ट्रेड युनियनले गरेको सम्झौताको विरुद्ध चरणबद्ध आन्दोलनकाे घाेषणा

मुकेश कुशवहा 

समाजवादी होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघको गत बुधबारको विशेष अधिवेशन पछिको पदाधिकारीको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै संघका अध्यक्ष केशवराज अधिकारीले आफुलाई ठुलो र आधिकारिक भनिएका तीनवटा ट्रेड युनियनहरुले मालिकको पक्षपोषण गरि श्रमिकको न्युनतम सेवा सुविधालाई समेत कटौती गरि सम्झौता गरेको बताएका छन् । मजदुर नेताहरु होटल व्यवसायी हान को सामुन्ने लम्पसार भएको आरोप लगाउनु भएको छ । बैठकमा रिपोर्टिङ को क्रममा होटल सङग्रिला लगायत विभिन्न होटल तथा क्यासिनोहरु बाट श्रमिकहरु निस्काशीत भैरहेको तर कुनै पनि ट्रेड युनियनहरुले एक शब्द नबोने रिपोर्टिङ को क्रममा बताएको कुरा जानकारी गरिएको थिए ।
बैठकमा हान र ठुला भनिएका तीनवटा ट्रेड युनियन विरुद्ध जस्तोसुकै संघर्षको लागि तयारी रहने भन्नेमा सबैको एक मत रहेको कुरा अध्यक्ष केशवराज अधिकारीले जानकारी गरिएका थिए । केशवराज अधिकारीको अध्यक्षतामा बसेको उक्त बैठक होटल श्रमिक वर्गको मुक्ति का निम्ति चरणबद्ध आन्दोलन गर्ने निर्णय गरि टुंगिएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्