काठमाडौँ – निर्मला पन्त हत्याको २ वर्ष पुरा भएको छ । २०७५ साल साउन १० गते बलात्कारपछि निर्मला पन्तको हत्या गरिएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिकामा पन्तको बलात्कार पछि हत्या भएको थियो । साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला राति अबेरसम्म नफर्किएपछि उनको खोजी सुरु भएको थियो । बलात्कार पछि हत्या गरि उखुबारीमा फालेको अवस्थामा उनको भेटिएको थियो । उनको हत्या पश्चात कञ्चनपुर निकै तनावग्रस्त बनेको थियो । तर उनको हत्या भएको २ वर्ष पुरा भए पनि हत्यारा अझै पत्ता लागेको छैन । सरकारले पटक–पटक छानविन समिति गठन गरेपनि निर्मलाको हत्यारा पत्ता लगाउन नसक्दा जनताहरुले हत्यारा हाइप्रोफाइल भएको आकलन गरेका छन् । तर यहीबीचमा नेपाल प्रहरीमा प्रमुख बनेका शैलेश थापा क्षेत्रीले भने यो घटनाको अनुसन्धान निष्कर्षमा पु¥याउन सक्रियता देखाएका छन्। प्रहरी उच्च श्रोतका अनुसार यसका लागि आईजीपी थापाले तीन डीआईजीसँग छलफल गरिसकेका छन्।
यो पनि पढ्नुहो्स्