त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालन बारे सूचना प्रकाशन गरेको छ । जसमा परीक्षाको समयसीमा तोकेको छ ।
शुक्रवार विज्ञप्ती सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले कोभिड–१९ ले सृजना गरेको असमान्य परिस्थितिको कारण नेपाल सरकारबाट गत चैत्र ९ गतेदेखि लागु हुने गरि गरेको बन्दाबन्दीले परीक्षा स्थगित गरिएको र सञ्चालन हुने परीक्षाको तालिका प्रकाशन हुन नसको प्रष्ट पारेका छन् ।
हाल नेपाल सरकारबाट आगामी भाद्र १ गतेदेखि लामोदुरीको यातायात समेत सञ्चालन गर्ने गरी बन्दाबन्दी खुल्ला गर्ने निर्णय गरेकोले व्यवस्थापन संकायबाट स्थगित गरिएका स्नातकोत्तर तहको परीक्षाहरुको सन्दर्भमा २०७७ भाद्र दोस्रो हप्तादेखि र स्नातक तहका प्रथम, तेस्रो, पाँचो तथा सातौँ तहका सत्रान्त परीक्षाहरु भाद्र तेस्रो हप्तादेखि सञ्चालन गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।