कैदीबन्दी जेलमै रहेका बेला विवाह गर्न पाउने कानुन प्रस्ताव

सांकेतिक तस्बिर

काठमाडौं – सरकारले कैदीबन्दी जेलमै रहेका बेला विवाह गर्न पाउने गरी कानुन प्रस्ताव गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन ‘कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा कैदीबन्दीले विवाह गरी विवाह दर्ता गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रस्तावित विधेयकको दफा २८ मा कैदीबन्दीले एउटै कारागारमा रहेका वा कारागार बाहिर रहेकासँग विहे गर्न पाउने उल्लेख छ । यसरी विवाह दर्ताका लागि निवेदन आएमा कारागार प्रशासकले विवाह दर्ताको लागि सम्बन्धित निकायलाई लेखी पठाउनु पर्नेछ । कारागार प्रशासकले विवाह दर्ता गर्ने दिन बन्दीलाई विवाह दर्ता गर्न जाने अनुमति दिनु पर्ने प्रावधान पनि विधेयकमा छ ।

विधेयकमा कैदीबन्दीले सन्तान जन्माउन चाहेमा श्रीमान श्रीमतीबीच भेट गर्न दिनुपर्ने व्यवस्था पनि छ । गृह मन्त्रालयका अधिकारीहरुका अनुसार प्रजननका लागि चिकित्सकले मिति तोक्ने र सो अवधिमा कैदीबन्दीले प्रजनन सुविधा पाउने लगायतका व्यवस्था नियमावलीमा गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्