वीरगञ्जमा कोरोना संक्रमणको आशंका गरिएकी एक युवतीको मृत्यु

FILE PHOTO

काठमाडौं – वीरगञ्जमा कोरोना संक्रमणको आशंका गरिएकी एक युवतीको मृत्यु भएको छ । बाराको परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो ।
आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्