कैलाली – सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा पाँच सय ४४ जनाले आत्महत्या गरेका छन् ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा ५४४ जनाले आत्महत्या गरेका हन् । प्रहरीका अनुसार दुई सय ६३ महिला र दुई सय ८१ जना पुरुषले आत्महत्या गरेका हुन् । झण्डै दुई सय जनाले भने लकडाउनको अवधिमा आत्महत्या गरको छन् । लकडाउनको अवधिमा आत्महत्या गर्नेहरुमा महिला भन्दा पनि पुरुषको संख्या बढि छ ।
यस्तै आर्थिक बर्ष २०७३/०७४ मा ४ सय ३२ जनाले आत्महत्या गरेकामा २०७४/०७५ मा ४ सय ९९ र २०७५र०७६ मा चार सय ९० जनाले आत्महत्या गरेका थिए ।
सुदूरपश्चिम प्रदेशमा आत्महत्या विकराल समस्याका रुपमा देखा परेको छ । पछिल्लो चार बर्षको तथ्याङक हेर्दा सुदूरपश्चिम प्रदेशमा आत्महत्या विकराल समस्याका रुपमा देखा परेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा मासिक रुपमा कम्तिमा ४५ जनाले आत्महत्या गरेको देखिन्छ ।