परीक्षणको दायरा घटाएर सरकारले कोरोना संक्रमणको जोखिम कम भएको भ्रम छरेको काँग्रेसको आरोप

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले परीक्षणको दायरा घटाएर सरकारले कोरोना संक्रमणको जोखिम कम भएको भ्रम छरेको आरोप लगाएको छ ।

कांग्रेसको कोभिड १९ अनुगमन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी कांग्रेसले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि परीक्षणको दायरा फराकिलो पार्नुपर्ने आवश्यकतालाई गम्भीरताका साथ नलिएको बताएको छ ।

सरकारले लडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सहज बनाउनेतर्फ पर्याप्त ध्यान नदिएको र लकडाउन खोल्दा पनि तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको कांग्रेसले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्