काठमाडौँ – देशभरका ३ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमितको उपचार भइरहको छ । शक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रायको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार रौतहट, कैलाली र बाजुरामा ५ सय भन्दा बढी सक्रिय संक्रमितको उपचार भइरहेको छ । त्यस्तै ६ जिल्ला कोरोना मुक्त भएका छन् । पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा कोरोना संक्रमितको संख्या शुन्य रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।