काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपीशर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता भएको बताएका छन् । आयोगमा सो पार्टी दर्ता हुनुले पार्टी संकटमा रहेको उनले बताए ।
पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले घुमाउरो भाषामा यसअघि ओलीले नै देशभर मान्छे उतारेर विरोध प्रदर्शन गराएको संकेत गरे ।
उनले भने ‘देशभरी जिन्दावाद मुर्दावाद भनेर मान्छे उतारियो । हामीलाई पनि सोधेका छन्। हामीले अहिले पख्नुस् भनेर मात्रै हो’ उनले भने । एकताकै निम्ति पहल भइरहेकाले आफूले जुलुस ननिकालेको उनले बताए । ‘यो पदको निम्ति नभई विचार विधि र पद्धतिको वहस हो’ प्रचण्डले भने ‘नयाँ नक्सा पार्टीले जारी गर्न भनेको हो ।’
अझै पनि पार्टीमा विधि र विचारको विकास हुने र नफुट्ने विश्वास आफूमा रहेको उनले बताए ।