काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले स्थायी समिति सदस्य जनार्दन शर्मा पार्टी एकताका पक्षमा रहेको भन्दै उनीमाथि गरिएका आशंकाको खण्डन गरेको छ ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले प्रेस नोट जारी गर्दै पार्टी भित्रको वैचारिक बहसलाई लिएर मिडियामार्फत् नेताहरूमाथि लगाइने आरोप निन्दनीय रहेको बताएका छन् ।
’पार्टी एकतादेखि आज सम्मको काममा कमरेड ‘प्रभाकर’ले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ । अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताको पक्षमा लाग्नुभएको छ,’प्रेस नोटमा भनिएको छ,’कमरेड ‘प्रभाकर’माथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरूलाई खारेज गर्दछौं ।’