कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा रहेको शिक्षा विकास तथा समन्वय इकाईमा संस्थागत विद्यालय शिक्षक संगठनले दबावपूर्ण धर्ना दिएको छ । आफुहरुको समस्या सम्बोधन नगरिएको भन्दै धर्ना बसेको संगठनका अध्यक्ष धनञ्जय जोशीले बताए । आफुहरुको माग सम्बोधन नभए अझै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने समेत चेतावनी दिएको छ।
यस्तै देशमा भइरहेको शिक्षक निष्कान लगायत कार्यप्रति गम्भीर आपत्ती जनाएको छ । यस्ता अनैतिक कार्य बन्द गर्न समेत ध्यानाकर्षण गराएको छ ।संगठनले शिक्षक कर्मचारीहरुलाई चैत्र महिनासम्मको तलब तकाल भुक्तानी गर्न माग अघि सारेको छ ।
यसैगरी गत असारसम्मको तलब कुनै हालतले रोक्न नपाइने र यसलाई पनि जतिसक्दो चाँडो भुक्तानी गर्न माग राखेको छ । यस्तै शिक्षक कर्मचारीहरुलाई सेवा बाट विभिन बाहाना पारेर निष्कासन गर्ने कार्य बन्द गर्न र शिक्षक कर्मचारीले खाईपाई आएको पारिश्रमिक कटौती नगरि भुक्तानी गर्न माग राखेको छ ।
शिक्षक कर्मचारीहरु माथि कुनै पनि तरिकाको दमन शोषण गर्ने कार्य समेत चाँडो बन्द गर्न माग राखेको छ ।