निर्मला हत्याको अनुसन्धान टुंगो लगाउन दुई डीआईजीलाई आईजीपीको निर्देशन

कञ्चनपुरकी १४ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा हुँदैछ । यो घटना भइसकेपछि अनुसन्धानको जिम्मा पाएको नेपाल प्रहरीका तीन जना प्रमुख फेरिइसकेका छन् । तर, अनुसन्धान कहिले टुंगोमा पुग्ने हो, अझै निश्चित छैन ।

यसअघिका दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले यो घटनामाथिको अनुसन्धान टुंगोमा पु¥याउन सकेनन्। सर्वेन्द्र खनालको कार्यकालमा अनुसन्धान नै गिजोलियो । ठाकुर ज्ञवालीले फाइल नै छोएनन् ।

यहीबीचमा नेपाल प्रहरीमा प्रमुख बनेका शैलेश थापा क्षेत्रीले भने यो घटनाको अनुसन्धान निष्कर्षमा पु¥याउन सक्रियता देखाएका छन्। प्रहरीे उच्च श्रोतका अनुसार यसका लागि आईजीपी थापाले तीन डीआईजीसँग छलफल गरिसकेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का प्रमुख डीआईजी सहकुल थापा र सीआईबीकै पूर्व प्रमुख समेत रहेका डीआईजी निरज शाहीसँग घटना अनुसन्धानबारे उनले जानकारी लिएका हुन्।

महानिरीक्षक थापाले यो घटना प्रहरीको छविसँग जोडिएकाले सुझबुझका साथ जतिसक्दो चाँडो टुंगोमा पु¥याउन सुदूरपश्चिम पैहरी प्रमुख सुवेदी र सीआईबी प्रमुख थालाई निर्देशन समेत दिएका छन्। प्रदेश प्रहरीको नेतृत्वमा हुने अनुसन्धानमा सीआईबीले विशेष सहयोग गर्नेछ।

यसअघि सीआईबी र प्रहरी महानिरीक्षकको सचिवालयबाट समेत विशेष टोली खटाएको भनिएपनि घटना अनुसन्धान टुंगिएको थिएन। घटनास्थलको प्रमाण संकलनमा लापरबाही गरेको, अनुसन्धानमा तदारुकता नदेखाएको भन्दै प्रहरीको आलोचना हुँदै आएको छ।

हरेक आईजीपीका लागि यो घटनाको अनुसन्धान मुख्य चुनौती बन्ने गरेको छ। यो प्रकरणमा अनुसन्धान गर्ने प्रहरीविरुद्ध समेत मुद्दा चलाइएको छ। प्रहरीमाथि जथाभावी कारबाहीका कारण पनि नेतृत्वमाथि प्रश्न उठ्दै आएको छ।

दुई वर्ष पहिले साउन १० गते हत्या गरिएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो।

प्रहरीले गठन गरेको छानबिन समिति र मानवअधिकार आयोगको छानबिन समितिले फरक फरक प्रतिवेदन बुझाएका छन्। प्रहरीले समेत पटकपटक अनुसन्धान टोली फेर्दै आएको छ। यो समाचार उजिर कार्कीले नेपाल खबरमा लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्