नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४३ पुग्याे

सांकेतिक तस्बिर

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ६, माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो ।

कोरोनाका लक्षण देखिएपछि वीरगन्जस्थित नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो। मंगलबार १ बजे गण्डक अस्पताल भर्ना भएका उनको त्यही दिन अपराह्न मृत्यु भएको हो ।

‘मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो,’ पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरले बिहीबार बिहान नेपालखबरसँग भने । योसँग नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्