त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने, भदौ ७ बाट परीक्षा

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गरि क्याम्पस सञ्चालनमा ल्याउने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण चैत ११ देखि गरेको लकडाउन मंगलबार मध्यरातीबाट खुला गरिएको छ । लकडाउन खुला गरिए लगत्तै विश्वविद्यालय आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

यस्तै विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय गरेको छ । स्थगित परीक्षा दशै अगाडी सक्ने र दशैपछि अन्य नियमित परीक्षा गर्ने त्रिविले तयारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्