काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या १२ लाख नजिक पुगेको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमितको संख्या ११ लाख ९४ हजार ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९ हजार भन्दा धेरै संक्रमित थपिएपछि संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको हो । यस्तै भारतमा यो भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार ७७० पुगेको तथ्याङ्कमा उल्लेख छ । उपचारपछि निको हुनेको संख्या भने ७ लाख ५२ हजार भन्दा बढी छ । भारत विश्वमै कोरोना संक्रमणको अति प्रभावित देशहरुको सूचीमा तेस्रो स्थानमा छ । पहिलो र दास्रोमा क्रमशः अमेरिका र ब्राजिल छन् ।