वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार अहिले झनै सान्दर्भिक : देउवा

काठमाडौं – पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार अहिले झनै सान्दर्भिक भएको बताएका छन् ।

वीपी पुण्यतिथिका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै सभापति देउवाले नेपालले आज हिंड्ने मूल बाटो वीपीकै विचार र विश्वासको बाटो भएको बताए ।

‘उहाँको बाटो ईमान्दार ढंगले पछ्याएर मात्रै हामी सबैको सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सक्दछौं’ देउवाले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्