नेकपा स्थायी कमिटी बैठक बस्दै, अन्तिम समयमा आएर स्थगित हुनसक्ने आशंका

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्ने तय भएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

नेकपामा आन्तरिक किचलो बढेपछि स्थायी समिति बैठक पटक पटक स्थगित हुदै आएको छ । अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्रको आन्तरिक किचलो बढ्दै गएको हो ।

यसैबीच आजको बैठक पनि अन्तिम समयमा आएर स्थगित हुनसक्ने हो कि भन्ने आशंका नेताहरुलाई लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्