छाङरु जोड्ने बाटोको आधा काम सम्पन्न, नेपाली भूमिबाट सदरमुकाम पुग्न सहज हुने

गणेससिंह धामी
दार्चुला – दार्चुलाको ब्यास गाउँपालिकाका वडा नं १ छाङरु जोड्ने बाटोको आधा काम सम्पन्न भएको छ ।

नेपाली सेनाले निर्माण गरिरहेको घाँटीबगर देखि छाङरु जोड्ने ४ सय ५० मिटर बाटो मध्ये २ सय ५० मिटर बाटाको ट्रयाक खोलिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्ल्भ पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलले ट्वीटर मार्फत नेपाली सेनाले बनाइरहेको बाटोको अहिले सम्मको प्रगति बारेमा जानकारी दिएका हुन् ।

छाङरुवासीले सदरमुकाम खलङ्गा आवतजावत गर्न अहिले भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए । मौरी भिरमा रहेको ठूलो चट्टान र घाँटीबगरमा गएको पहिरोका कारण नेपाली भूमिबाट सदरमुकाम पुग्न असहज थियो । सेनाले गोरेटो बनाएसँगै यो समस्या हल हुनेछ ।

सरकारले दार्चुला–तिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्ने लक्ष्य लिएको थियो ।

मन्त्रिपरिषद बैठकले यो सडकको कुल १३४ किमीमध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमी घाँटीबगर–टिंकर खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्