सामाजिक सञ्जालमा भाइरल बनेको तस्बिर कसकाे हाे ? कुन स्थानीय तहका कर्मचारी हुन ?

काठमाडौं – सामाजिक सञ्जालमा निकै भाइरल बनेको तस्बिर सरकारी कर्मचारी नै सवार रहेको खुलासा भएको छ ।
सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पुरुष र महिलाले यात्रा गरिरहेको एउटा तस्वीर पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल हुनुका साथै नकारात्मक टिकाटिप्पणी हुने क्रम केहि दिन चलिरह्यो । कसैले यसलाई पहिरनसँग जोडेर आलोचना गरे भने कसैले सरकारी सवारी साधनको दुरुपयोग भयो भनेर टीकाटिप्पणी गरे ।
धेरैजसोले यो एडिट गरेको फोटो हो भने त कसैले वास्तविक फोटो हो भने । तर वास्तविकता कसैलाई थाहा थिएन । यो तस्बिर कोटेश्वर–जडिबुटी सडकखण्डमा यात्रा गर्ने बेला खिचिएको थियो ।
सरकारी सवारी सधानको दुरुपयोग गरेको भन्दै प्रदेश–३–०२–००१ ब–१४१२ नम्बरको उक्त मोटरसाइकलको खोजी गरियो । उक्त मोटरसाइकल धादिङस्थित गल्छी गाउँपालिकाको भएको देखियो । मोटरसाइकलमा सवार पुरुष र महिला सोही गाउँपालिकामा कार्यरत इञ्जिनियर र सव–इन्जिनियर रहेछन् । उनी कार्यालयको कामले काठमाडौँ आएका थिए र सँगै यात्रा गरेका थियो ।
यो तस्बिर नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय लगायत अन्य व्यक्तिले फेसबुक वालमा पोष्ट गर्दै आ–आफ्नो जिज्ञासा राखेका थिए । तर उक्त फोटोमा कमेन्ट भने राम्रो नराम्रो गर्नेहरुले दोहरी नै खेलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्