नारायणीले खतराको तह नाघ्यो, सतर्क रहन आग्रह

चितवन – चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको छ । जलसतह ८ मिटर नाघेपछि खतराको तह पार हुनेमा ९ मिटरमाथि पुगिसकेको छ । वर्षात नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ । नारायणघाटको पुलमा जलसतहले सतर्कताको तह पार गरेको छ । खतराको तह पार गरेको स्थानका तल्लोटतीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

पूर्वनपलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्