आज साउन महिनाको पहिलो सोमबार, पशुपतिमा भक्तजनले बाहिरबाटै दर्शन गरे

काठमाडाैँ – आज साउन महिनाको पहिलो सोमबार । हिन्दूहरूले आजको दिनलाई विशेष रुपमा लिने गर्छन् । साउन महिनाको प्रत्येक सोमबारको दिन हिन्दु महिलाहरूले भगवान शिवको व्रत बस्ने गर्छन् । प्रत्येक वर्ष साउन महिनाको पहिलो सोमबार पशुपति मन्दिर परिसरमा भक्तजनको घुइँचो लाग्‍ने गर्थ्यो तर यसपटक कोरोना महामारीका बीच मन्दिरमा त्यति भीडभाड देखिएन । आज बिहानैदेखि भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका छन् । पशुपति मन्दिरभित्र दशर्नका लागि खुला नगरिए पनि भक्तजनले बाहिरबाटै दर्शन गरेका छन् ।
गत चैत ११ गतेदेखि सर्वसाधारणाका लागि पशुपति मन्दिर प्रवेश बन्द गरिएको छ। कोरोना महामारीका बीच मन्दिरभित्र गरिने नित्य पूजा चाहिँ जारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्