अविरल वर्षासँगै आएको बाढीले बाजुराको ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगायो

काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिका–२ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले पुल बगाएको हो ।

पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ ।

साफे–मार्तडी सडकखण्ड अन्तरगत ओमकोटमा पनि पहिरोको कारण करिब दुई सातादेखि यातायात अबरुद्ध भएको छ ।जिल्लाका ग्रामिण सडकहरुमा पनि पहिरोले क्षति पुगेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्