नेकपा अध्यक्षद्वय ओली र दाहाल बालुवाटारमा भएको वार्ता सम्पन्न, शीतल निवास पुग्नुकाे कारण. . .

NEKAPA

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । सहमतिको प्रयास जारी राख्न सोमबार पुनः बैठक बस्नेगरी आजको बार्ता सम्पन्न भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । पार्टीभित्र विद्यमान विवाद अन्त्यको प्रयासका लागि दुबैजना अध्यक्ष वार्तामा सक्रिय हुनुभएको छ । तर ठोस सहमतिमा पुग्न सक्नुभएको छैन ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईका अनुसार आइतबार साँझ दुई अध्यक्षबीच करिब दुई घण्टा एक्लाएक्लै वार्ता भयो । वार्तामा सहमति भए नभएको बारे जानकारी नगराइएको उहाँले बताउनुभयो । शनिबार (हिजो) बसेको नेकपाको सचिवालय बैठकमा दुई अध्यक्षबीच सहमति बनेको समाचार बाहिर आएको थियो ।

शनिबार दुवैजना अध्यक्ष सचिवालय बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएपछि सहमति बनेको आँकलन पार्टीका अन्य नेताहरुले गर्नुभएको थियो । दुई अध्यक्षबीचको वार्ता निस्कर्षमा पुगोस् भनेर पार्टीले स्थायी कमिटीको बैठक मंगलबारसम्मका लागि स्थगित गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्