काठमाडौँ — नेकपामा दुवै पक्ष सहमतिका आधारमा समस्या समाधान गर्न तयार भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा सहमतिबाटै निकास निकाल्ने गरी छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सचिवालयको बैठकपछि आइतबार ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि बस्ने प्रवक्ता श्रेष्ठले बताए । नेकपा बैठक असार १८ यता ५ पटक स्थगित भएर आइतबारसम्मका लागि सारिएको छ ।