जगदिश मिश्र
कर्जा पुनर्तालिकिकरण गर्ने नीतिले बैंक र व्यवसाय दुबै लाई राहत महसुस गर्ने छन ।
मौद्रिक नीति देशको आर्थिक नीतिलाई चलायमान बनाउन केन्द्रिय बैंकले निर्माण गर्ने नीति हो । नेपालमा केन्द्रिय बैंकको रुपमा नेपाल राष्ट्र बैंक स्थापित छ । साउन २ मा केन्द्रिय बैंकका गभर्नरले आर्थिक बर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बिशेष गरी हाल कोरोना संक्रमणबाट प्रभाबित अर्थतन्त्रलाई पुनरुत्थान गर्न कृषि, उर्जा, पर्यटन तथा साना एवम् माझौला उधोगहरुमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ । यी उत्पादन क्षेत् मा बिगतका बर्षहरुमा समेत प्रोत्साहन गर्ने गरेको र सोही नीतिहरुले नै निरन्तरता पाएको देखिन्छ । तर आर्थिक पुनरुत्थानको लागि बिशेष कार्यक्रम पुनर्कर्जा र कर्जा पुनरतालिकिकरण को व्यवस्था गरेको छ, जुन नीतिबाट बैंक र व्यवसाय दुबैले राहत महसुस गर्नेछन ।
कोरोना महामारी नियन्त्रणको लागि चालिएका कदमको कारण यातायात लगायत अन्य रोजगारी गुमाएका ब्यक्ती व्यवसायहरुलाई प्रबाह गरिएका कर्जाको सावा ब्याज भुक्तानी गर्न नसक्ने अवस्थामा छन । त्यस्ता ऋणी हरु लाई हाल तिर्न बाँकी सावा र ब्याज लाई capitalize गरी कर्जा भुक्तानी गर्ने समयावधी थप गरी पुनरतालिकिकरण गर्ने सक्ने नीति ल्यएको छ । पुनरतालिकिकरणको नीतिले व्यवसायहरुलाई कर्जा भुक्तानी गर्न सहजता हुने हुँदा ऋणीले राहत महसुस गर्ने छन ।