वाणिज्य बैङ्कहरुले कृषिकोमा कुल लगानीको १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने

काठमाडाैँ – वाणिज्य बैङ्कहरुले कृषिको विकासमा कुल लगानीको १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कृषि विकासका लागि कृषि विकास बैङ्कलाई अगुवा बैंकको रुपमा लिइएको छ ।
उनीहरुले २०८० सम्म १५ प्रतिशत कर्जा कृषिमा लगाउनु पर्नेछ चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवस्था गरेको छ । यसअघि बैङ्कहरुले कृषिमा १० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए । बजेटले कृषि औद्योगिकरण र सो बाट रोजगारी सिर्जनाका लागि व्यावसायिक कृषि खेतीलाई प्राथमिकता दिइने बताएको थियो । बजेटको सोही व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैङ्कले कृषिमा गरिने लगानीको सीमा बढाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्