काठमाडौं – साझा यातायातले आजबाट बस सेवा सुरु गरेको छ ।
साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा सुरु गरेको हो । सरकारले तोके अनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गरिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए । बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुँदै बस सञ्चालन गरिएको छ ।
यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्ने छ । पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गरिएको साझा यातायातले जनाएको छ । कोरोना भाइरसको संक्रमणसंगै साढे तीन महिनादेखि बन्द भएको सार्वजनिक केहिदिनबाट सवारी संचालन हुन थालेका छन् ।
मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा सुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् । एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन् ।