बलात्कार आरोप लागेका सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारीलाई निलम्बन गर्न गृहमा पत्र

काठमाडौँ — दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा कार्यरत सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारीलाई निलम्बन गर्न सशस्त्र प्रहरी मुख्यालयले गृहमा पत्र पठाएको छ । एसएसपी अधिकारी विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बलात्कार आरोपमा उजुरी परेको थियो ।

चितवन घर भई पोखरामा बस्दै आएकी एक महिलाले एसएसपी अधिकारी विरुद्ध उजुरी दिएपछि कास्की प्रहरीले सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालयसँग समन्वय गरेर उनलाई पक्राउ गरेको थियो । प्रहरीले एसएसपी अधिकारीलाई झाडीमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउको व्यहोरा पाएलगत्तै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आरोपित एसएसपी अधिकारीलाई निलम्बन गर्न पत्र पठाएका हुन् । गृहमन्त्रीबाट आईजीपी खनालको पत्र सदर भएपछि अधिकारी औपचारिक रुपमा निलम्बनमा पर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्